सिन्धुली । सरकारले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई २ अर्ब ७३ करोड रकम विनियोजन गरेको छ । निर्माणाधिन आयोजनाको निर्माणको कामलाई तिव्रता दिने गरि सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट विनियोजन गरेको हो ।
सरकारका अर्थमन्त्री विष्णु पौडेलले संयुक्त संसदमा आर्थिक वर्ष २०८२/०८३ मा उक्त बजेट उल्लेख गरेका छन । बजेटमा सिन्धुलीको खुर्कोट चियावारी सुरुङ मार्ग पनि प्राथमिकतामा परेको छ । अध्ययन सकिएको उक्त आयोजनाको श्रोत व्यवस्थापन तथा अन्य तयारी अगाडि बढाईने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन ।
यस्तै गत असोजको बाढीले क्षतिग्रस्त विपी राजमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
यस्तै सुनकोशी तावा बहुउद्देश्यीय आयोजनाको अध्ययन तथा तयारीको कार्य थालनी गरिने पनि बजेटमा उल्लेख छ । सरकारले मध्यपहाडी राजार्गका १० स्थानका नयाँ शहर निर्माण कार्य अघि बढाउन १ अर्ब सत्तरी करोड बजेट विनियोजन गरेका छन । यस्तै सिन्धुलीलाई खोरेतमुक्त क्षेत्र घोषणा गर्न सरकारले काम सुरु गर्ने गरि बजेटमा समेटिएको छ ।




















