सिन्धुली । सिद्धज्योति क्याम्पस फोस्रेटार सिन्धुलीमा शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
निर्वाचनबाट नेविसंघका उमेदवार मिलन भुजेलको प्यानल विजयी भएको हो । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार मञ्जु राना मगरको प्यानललाई पराजित गर्दै भुजेलको टिम निर्वाचित भएको हो ।
अध्यक्षमा मिलन भुजेल ११४ मत सहित बिजयी भए । निकटतम प्रतिस्पर्धि मगरले ६३ मत प्राप्त गरिन । यस्तै सचिवमा नेवि संघका मनोज श्रेष्ठ १०६ मत सहित बिजयी भए । उनका प्रतिस्पर्धि सिजन मगरले ७८ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघकी नविना आचार्यले ९५ मत सहित विजयी भएका छिन् । उनले गठबन्धनकी तारा सुनुवारलाई पराजित गरिन । सुुनुवारले ८९ मत प्राप्त गरिन ।
यस्तै सदस्यहरुमा नेविसंघबाट अञ्जना मंग्राती, अविनाश कार्की, पेमा तामाङ, रबिना बराल, नम्रता मंग्राती विजयी भए । यस्तै समानुपातिकतर्फ नेविसंघले ९३, अनेरास्ववियुले ५० र अखिल (क्रान्तिकारी) ५७ मत प्राप्त गरेका छन । उक्त क्याम्पसमा ३०२ मतदाता रहेकोमा २ सय २ मत खसेको थियो ।





















