सिन्धुली । विपी राजमार्गमा कार र मोटरसाईकल ठोक्किदा दुई जना घाईते भएका छन । शुक्रबार विहान विपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं. ७ बारामा कार र मोटरसाईकल ठोक्किदा कार चालक रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ५ का सूर्य प्रसाद आचार्य र मोटरसाईकलमा सवार बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ४ का लोकनाथ वाग्ले घाईते भएका छन ।
काठमान्डौबाट विराटनगरतर्फ जाँदै गरेको विएसी १९७९ नम्बरको कार र वर्दिबासबाट काठमान्डौतर्फ जाँदै गरेको ना३०प८३२६ नम्बरको मोटरसाईकल ठोक्किएको थियो ।
दुर्घटनामा परि आचार्य गम्भिर घाईते भएका छन भने वाग्लेको अवस्थामा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाले जानकारी दिए । उनका अनुसार दुवै जनाको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भईरहेको छ ।




















