सिन्धुली । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन (पीन) सिन्धुलीको अध्यक्षमा कमल प्रसाद पौडेल निर्वाचित भएका छन । बुधबार सिन्धुलीमाढीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट पौडेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।
जिल्ला अध्यक्ष सुशील शर्माको अध्यक्षता तथा पिन केन्द्रीय सचिवालय सदस्य एवम निजामती इन्चार्ज सिनियर डिभिजन इन्जिनियर कृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नव निर्वाचित समितिको सचिवमा सुविर विक्रम कार्की र कोषाध्यक्षमा कुशल श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा विशाल गुप्ता, समिप श्रेष्ठ, किशोर बराल, अस्तिका कार्की, सुमन बस्नेत र खुश्बु चौधरी निर्वाचित भएका छन ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, पिनका केन्द्रीय सदस्यहरु रोशनराज देवकोटा, सुजन खड्का, प्रदीप तामाङ, पिनका जिल्ला इन्चार्ज रमा कार्की, पेशागत महासंघका जिल्ला अध्यक्ष वविन्द्रलाल माझी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष गुणविक्रम कुँवर लगाएतको सहभागिता रहेको थियो ।





















