सिन्धुली । नेकपा एकीकृत समाजवादीका नेताहरु मंगलबार नेकपा एमालेमा फर्किएका छन । समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन सहितका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका हुन ।
नेकपा एमाले सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको तीन महिले वडा केन्द्रीत (जरा) अभियान अन्तर्गतको जिल्ला स्तरीय अभिमुखीकरण अभियानका क्रममा उनीहरुलाई एमालेमा स्वागत गरिएको छ ।
जिल्ला कमिटी सचिवालय सदस्य एवम् भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्यहरु सम्झना कुमारी श्रेष्ठ, मायादेवी थापा, नेपाल बार एसोसियनका सदस्य विजिता कटुवाल र रुक्मणी थापा एमालेमा फकिएका हुन ।
उनीहरुलाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, पार्टीका केन्द्रीय सदस्यहरु मनोज जंग थापा, गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुवास देवकोटा, जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगाएतका नेताहरुले एमालेमा स्वागत गरेको पार्टी उपसचिव पार्वती भट्टराईले बताईन ।





















