सिन्धुली । दुधौलीमा पानी चलाउने मोटरको स्वीच अन गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार दुधौली नगरपालिका वडा नं. १४ कालीखोलाका २६ वर्षका नवराज खड्काको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाईते भएका खड्काको कटारी अस्पतालमा उपचार गर्न लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















