• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

सिन्धुली कलाघरको टोली मेचीकाली अभियानमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक १२, २०८१
in Entertainment, Featured, News, Province 3
0

Share via:

103 Shares
  • Facebook 103
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धली कलाघरको टोलीले सोमबारदेखि मेचीकाली यात्रा सुरु रेको छ । कमलामाई नगरपालिका ३ स्थित चपौलीमा निर्माण भईरहेको ‘राष्ट्रिय कला संग्रहालय’ निर्माणका लागि टोली मेचीकाली अभियानमा निस्केको हो ।

कला मार्फत विश्वलाई जोडेर विश्व संग्राहालय बनाई कला घरलाई सांस्कृतिक विद्यालय तथा कला आश्रम बनाउन लामो समयदेखि लागी परेको टोलीले अभियानको प्रचार प्रसारका लागि अभियान प्रारम्भ गरेकोे हो ।

जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीमाढीबाट यात्रा प्रारम्भ गरिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिएका छन ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले नेपालको झण्डा सहित कलाघरको टोलीलाई यात्राका लागि विदाई गरेको छ । यात्रा प्रारम्भको अवसरमा सरकारी अधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तिहार पर्व शुभ दिपावलीको अवसरमा सोमबार सिन्धुली जिल्ला समन्वय समितिको शुभयात्रा कार्यक्रमपछि टोलीले यात्रा सुरु गरेको हो ।
टोलीले नेपालका सबै जिल्लामा पाइला टेक्ने छ भने केहि स्थानमा विशेष कार्यक्रमको आयोजना समेत गर्ने छ ।

कात्तिक १३ र १४ गते पाल्पाको तानसेन र तनहुँमा आफ्नो सांस्कृतिक प्रस्तुति गर्नेछन् । त्यस्तै, टोली कात्तिक १५ र १६ गते बुटवलमा पुग्नेछन् भने १७ गते चितवन सौरहामा त्यसैगरी १८ र १९ गते हेटौडामा पुग्नेछन् ।

टोलीले मादल, बासुरी र पञ्चेबाजाको साथमा देउसी भैलोसँगै लागुपदार्थ दुव्यर्सनी सम्बन्धी नाटक, खैजडी भजन, भष्टाचार विरुद्धको सचेतना, देउँसी भैलो लगायत थुप्रै साङ्गीतिक प्रस्तुतिहरु दिनेछन । ‘एकडेढ वर्ष भित्रमा नै ७७ वटै जिल्लामा पुग्ने अभियान रहेको थापाले बताए ।

अभियानमा कलाकार टोलीले प्रतिनिधिमुलक रुपमा ७७ जिल्लामा पाइला टेकी माटो छोएर सांस्कृतिक कार्यक्रम सहित सिन्धुली कला घर र त्यसको परियोजना सुनाउनेछन् । यसले सिन्धुली कला घरको परियोजनामा केवल कुनै सीमित व्यक्ति संघ संस्थाको मात्र श्रेय नभएर कला घर निमार्णमा सँगै सिङ्गो नेपालीहरुको सहभागिता छ भन्ने विश्वमा सन्देश दिन खोजिएको थापाले बताए ।

एक विघाहा जमिनमा नेपालको नक्सा आकारमा बन्दै गरेको कलाघरलाई विश्वका १९५ देशलाई कला मार्फत प्रस्तुत गरी कलाघरलाई ‘वल्र्ड आर्ट हाउस’को रुपमा ल्याउन टोली अहोरात्र रुपमा लागि परेको पनि थापाले बताए ।

यसले मौलिक कला संस्कृतिलाई प्रवद्र्धन न हुन्छ नै सांस्कृतिक विद्यालयको स्वरुपमा ढालेर असहाय, दुखी, पीडित र बृद्धबृद्धा कलाकारहरुको लागि कलाकार आश्रमको रुपमा कलाघर विकास गर्ने समेत कलाघर टोलीको योजना छ ।

यात्रा प्रारम्भमा बोल्दै उनले यो अभियान आर्थिक रुपमा मात्र अपेक्षा गरेर नगरिएको र कला, संस्कृतिसँग सबैलाई जोड्न गरिएको बताए । यो अभियानमा कलाघरका १५ जना युवाहरु संलग्न छन ।

अभियानमा स्थानीय सरकार र स्थानीय व्यक्तिहरुसँग समन्वय गरि अगाडि बढ्ने छ । टोली एक जिल्लामा बढीमा दुई दिनसम्म रहनेछ । यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

वि.सं. २०७१ साल देखी कला सृजनामा लागेको कलाघर टोली २०७५ सालदेखि संस्थागत रुपमा अगाडि बढेको हो । स्थापना कालदेखी यो टोलीले निकै सङ्घर्ष र कठिन यात्राका साथ नेपाली मौलिक कलाको प्रचार, प्रस्तुति, अध्ययन, अनुसन्धान, प्रवद्र्धन, नवीन कलाको आविष्कार र कला सिर्जना मार्फत जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

हाल चार रोपनी क्षेत्रफल जमीनभित्र नेपालकै नक्सामा समेटिएको कलाघरमा धार्मिक, सांस्कृतिक, मौलिक कला, परम्परागत मौलिक चीज बीचहरु सङ्कलन गरी सङ्ग्रहालयको स्वरुपमा ढाली अवलोकनको व्यवस्था गरिएको छ ।

मौलिक पञ्चेबाजा लगायतका सांस्कृतिक प्रस्तुतिहरु लिएर कलाकार टोली देश तथा विदेशसम्म पुगिरहेका छन् भने आम मानिसहरु सिन्धुली कला घरलाई हेर्न त्यहाँसम्म पुग्ने गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुई लाख तीस हजार बढीको पान मसला बरामद

Next Post

मोटर चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied