• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

भिमान र रातमाटेमा अत्याधुनिक चेकजाँच पोष्ट बन्ने, जग्गा प्राप्तीका लागि स्थानीयसँग छलफल

द्वारिका काफ्ले by द्वारिका काफ्ले
अशोज १०, २०८१
in News, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बागमती प्रदेश सरकारको ड्रिम प्रोजेक्ट मानिएको ‘अत्याधुनिक सुरक्षा चेकजाँच पोष्ट’ बागमति प्रदेशका दुई स्थानमा निर्माण गरिने भएको छ । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ९ सिन्धुलीको भिमान र पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रातामाटेमा अत्याधुनिक सुरक्षा चेकपोष्ट निर्माण हुने भएको हो । यी चेकपोष्ट नेपालकै नमुना र अत्याधुनिक चेक पोष्ट हुनेछन ।

चेकपोष्ट निर्माणका लागि डिपिआर, आईईई भईसकेको छ भने जग्गा प्राप्तीको काम अगाडि बढाईएको छ । सिन्धुलीको भिमानमा निर्माण हुने चेकपोष्टका लागि आवश्यक जग्गा प्राप्ती गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले छलफल अगाडि बढाएको जनाएको छ ।

जग्गा प्राप्तीका सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी लगाएतको टोलीले कमलामाई नगरपालिका वडा नं. ९ भिमानका स्थानीयहरु, कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल, कमलामाई नगरपालिका वडा नं. ९ का अध्यक्ष विनोद प्रधान, मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएतसँग विहिबार छलफल गरेको छ ।

छलफलमा संविधानसभा सदस्य मोहन बराल, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्ले लगाएतको सहजीकरण रहेको थियो ।

करीव ३ करोड लागतमा विपी राजमार्ग र मदनभण्डारी राजमार्गको संगम स्थल भिमानमा बनाउन थालिएको चेकपोष्ट निर्माण सुरु भएको एक वर्षमा सम्पन्न हुने गरि निर्माण गरिने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्क्यानिङ गरेर सवारी साधनहरुको चेकजाँच गरिने गरि सुरक्षा चेकजाँच पोष्ट निर्माण हुने छ । जसमा अत्याधुनिक प्रविधिको जडान गरिने छ । चेकपोष्ट निर्माणले राजस्व छली रोक्ने, राजस्व संकलनमा वृद्धि हुने, चोरी तस्करी नियन्त्रण हुने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । चेकपोष्ट निर्माणपछि चेकपोष्टको नियमन नेपाल प्रहरीले गर्नेछ ।

छलफलका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले यी दुईवटा चेकपोष्ट निर्माण भएपछि राजमार्ग क्षेत्रमा सवारी सुरक्षा चेकजाँच व्यवस्थित हुनुका साथै वागमती प्रदेशको राजस्व २ देखि ३ अर्व वृद्धि हुने अनुमान गरिएको बताए । यो योजना निर्माणले बागमती प्रदेशको दीर्घकालिन आर्थिक श्रोत समेत वृद्धि हुने उनले बताएका छन । विगतका वर्षदेखि आयोजनाको काम अगाडि बढाउने प्रयास भएको समेत सचिव दर्जीले जानकारी दिए ।

भिमानमा चेकजाँच पोष्ट निर्माणका लागि १८ कठ्ठा जग्गा आवश्यक रहेको मन्त्रालयले जनाएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जग्गा प्राप्तीको प्रक्रियाका बारेमा स्थानीयलाई जानकारी गराएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

संविधानको मूलमर्मलाई कुल्चिन नदिईकन सहमतिमा संविधान संशोधन हुन्छ : पोखरेल

Next Post

प्रहरी सेवालाई उर्जामय र गुणस्तरीय बनाउनुस : आन्तरिक मामिला मन्त्री लामिछाने

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied