सिन्धुली । हरेक वर्ष गाँजा स्याहार्ने बेलामा फाँड्ने प्रहरीले यो वर्ष भने व्याड नै नष्ट गर्न थालेको छ । केहि समयअघिदेखि गाँजाको व्याड र वेर्ना नष्ट गर्ने अभियान थालेको सिन्धुली प्रहरीले आइतबार पाँच कठ्ठा जग्गामा लगाईएको गाँजाको व्याड, वेर्ना नष्ट गरेको छ ।
गाँजाको अत्यधिक खेती हुने क्षेत्र हरिहरपुरगढी गाउँपालिका वडा नं ७ काभ्रे र हर्लावर्लामा लगाईएको गाँजाको वेर्ना नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार प्रहरी चौकी क्यानेश्वरको गस्ती टोलीले उक्त वेर्ना नष्ट गरेको हो ।




















