
-
- अरुण दर्नाल
आज त
बाको मुख हेर्ने दिन रे !
हा..हा..हा…
कुसे औँसी पो भन्थे गाँठे
कसो झण्डै बिर्से छु
मेरा बा म सानो हुँदा मेरा सारा इच्छा थाहा पाउँथे
मैले आज झण्डै बाको मुख हेर्ने दिन नै बिर्सेको ।
मातातिर्थ औँशी र कुसे औँशी त दशै तिहार भन्दा पनि महान हो नि ।
किन !
थाहा छ तपाईंलाई ?
आफ्ना बा आमालाई वृद्धआश्रम पठाएका छोराछोरीले पनि यी दिनहरुमा छ्याप्छ्याप्ति
आमा र बाका फोटाहरुले फेसबुकका भित्ता रंगाएका हुन्छन् ।
बरु आफै भन्नुहोस् त ?
तपाईंले पो आज बाको फोटो फेसबुकमा हाल्न भुल्नु भयो की…?
मैले बिहानै बालाई फोन गरें र कुसे औंशीको शुभकामना दिएँ ।
बाको बोली कता कता मलिन थियो ।
मैले सोधेँ, बा के भयो ?
बाले भन्नुभयो ‘केहि भएको छैन बाबु, तँ ठीक छस नि ?’
बा त आफ्नो मनको कुरा लुकाउन पनि कति जान्ने हो कुन्नि ?
तर सन्तानको मनको कुरा भने यसै बुझ्ने गर्नेछन् है !
आफ्नो सारा दुःख कष्ट लुकाएर सन्तानको अघि खुशी हुन्छन् ।
बासँगको कुरापछि निकै खुशी लाग्यो
थोरै थोरै मन भारी भयो
हुन त म आज बाको साथमा हुनु पर्ने हो
दुरिले जति सुकै टाढा बनाए पनि मनको नजिक थिएँ ।
सबैको मन उस्तै नहुने है ?
मेरो जन्म दिनमा केक र खेलौना दिएर खुशी बनाउने मेरा बा
मैले बाको मुख हेर्ने दिन पनि भुले
कुसे औँशी भुले ।
हा..हा..हा..
छ्या ! म पनि
चिन्तनको गहिरो
धरातलमा उभिएँ ।
आजको दिन पनि..
एक जना वृद्ध बाजे मेरै अगाडिको रोडमा ठेलाबाट
व्यापार गर्दै थिए ।
मैले अघि नै देखि हेर्दै थिएँ ।
काटीकुटी मेरै बाको अनुहार मिल्ने ।
म उहाँ भएतिर गएँ ।
निकै वार्तालाप पछि अन्ततः उहाँले मलाई भन्नुभयो ‘बाबू माया मोह भन्ने कुरा सधै ओरालो लाग्ने रहेछ ।’
सन्तान सानो हुँदा पो बा भन्छन् सँगै बस्छन् ।
ठूलो भएपछि हाम्लाई कहाँ आफ्नो मान्छन् र बाबु
म त अहिले छोरा बुहारीको लागि “बोझ“ भएछु बाबु ।
म त बोझ भएछु ।
कान्छोले भन्थ्यो मोबाइलबाटै शुभकामना दे छ रे
खै के भनेर पो दियो….?
कोमल मन रुञ्चे आँखा दुवै रसाएर आयो ।
जब की मेरो मोबाइलमा पनि ह्याप्ती फादर्स डे भनेर थुप्रै बाहरुको फोटाहरु फेसबुकको भित्ताहरुमा छरपष्ट देखिन्थे ।
अनि तपाईंले !
बाको फोटो हाल्नु भो त ?
बालाई कुसे औँशीको शुभकामना दिनु भो त ?
तपाईंलाई कसैले भन्यो की,
मैले जस्तै बिर्सनु भो…..?
हा..हा…हा…
तपाईंलाई हो सोधेको भन्नुहोस् त…?




















