सिन्धुली । तीनपाटन गाउँपालिका ११ मा रहेको हाँडीखोलाले बगाउँदा चार वर्षिय बालकको बुधबार मृत्यु भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ४ का चार वर्षिका मन्जिल तामाङको हाँडीखोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाँडी खोलाको दोभानमा ल्याई ढुंङ्गामा अड्काई रहेको स्थानीय सेतीमाया अछामी मगरले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय र प्रहरीको सहयोगमा बालकको उद्धार गरि लाम्पान्टार स्वास्थ्य केन्द्रमा उपचारका लागि पु¥याएका थिए ।
उपचारका लागि अस्पताल पु¥याइए पनि बालकको उपचार गर्न नपाई मृत्यु भईसकेको थियो । अस्पताल पुग्नासाथ बालकको मृत्यु भएको डाक्टरले जानकारी गराएका थिए । मृतकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।




















