सिन्धुली । नेकपा एमाले कमलामाई नगर कमिटीले साउन पन्ध्रको अवसरमा कमलामाई नगरपालिको नगर आवासिय विद्यालयमा रहेका असहाय बालबालिकालाई खिर खुवाएको छ । मंगलबार कमला जनज्योति मावि सिलामेमा पुगेर बालबालिकालाई खिर खुवाएको नेकपा एमाले नगर कमिटीले जनाएको छ ।
यस्तै नगर कमिटीले कृष्ण प्रणामी आश्रममा रहेका बृद्धवृद्धाहरुलाई पनि साउन १५ को सन्दर्भमा खिर खुवाएको छ ।
सांस्कृतिक परम्परालाई संरक्षण एवम जगेर्ना गर्ने अभियानका क्रममा एमालेले साउन १५ मा अनाथ बालबालिका र वृद्धवृद्धाहरुलाई खिर खुवाएको नगर कमिटी अध्यक्ष सुन्दर घिसिङले बताए ।
उक्त कार्यक्रममा नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपसचिवद्वय पार्वती भट्टराई, दिपेश बराल, नगरकमिटी अध्यक्ष सुन्दर घिसिङ लगाएतका पदाधिकारीहरु, जिल्ला कमिटीका सदस्यहरु, नगरकमिटीका सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।





















