सिन्धुली । नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीले कारागार कार्यालय सिन्धुलीमा रहेका आश्रित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिकालाई शिक्षामा पहुँच पु¥याउन र शिक्षामा सहभागि बनाउन शैक्षिक सामग्री प्रदान गरिएको संगठनले जनाएको छ ।
संगठनले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमाकारागार कार्यालय सिन्धुलीमा रहेका ११ जना आश्रित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
कारागार कार्यालयमा ११ जना कैदी बन्दीका आश्रित बालबालिकाहरू रहेका छन । उनीहरुलाई भित्ते अध्ययन सामग्री, कपि, पेन्सिल र खेलकुद सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष पदम मगर, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय निर्वाचन आयोग सदस्य फडिन्द्र ढुङ्गेल, पेशागत महासंघ नेपाल केन्द्रीय सदस्य भरत श्रेष्ठ, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, कर्मचारी संगठनका पदाधिकारी, सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।





















