सिन्धुली । फिक्कल गाउँपालिका वडा नम्वर ६ मा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष कुलेन्द्र मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागिहरु तेजमान विकले वडाको सर्वदलिय मिटिङ वा अन्य सरोकारको बिषयमा स्थानीय पार्टी प्रतिनिधीहरुलाई वेवास्ता किन गरिन्छ । अनि वडाको बाटो सरसफाई ग्राभेल किन नभएको हो । सल्लेनी खेलकुद मैदान किन बनेन भन्ने जिज्ञासा राखेका थिए ।
त्यसैगरी स्वास्थ्य संस्था प्रमुख रत्नावती स्वास्थ्य केन्द्रका प्रमुख सन्तोष राज पौडेल पौडेलले स्वास्थ्य चौकीबाट निस्कने फोहोर मैला व्यवस्थापनमा कठिनाई भयो । फोहोर मैला डढाउदाँ स्थानीयले गालि गर्ने र नडढाउदाँ व्यवस्थापनमा कठिनाई भयो । यसको व्यवस्थापन कसले र कहिले गर्ने । बैकल्पिक विद्युतको व्यवस्था नहुदाँ प्रसुति गराउने समयमा पनि मोवाईलको वत्तीको सहारा लिनु पर्ने अवस्थाको अन्त्य गर्न माग । स्वास्थ्य संस्था घेरावेरा नहुदा असुरक्षित भयो यसको लागि वजेट अउँछ कि आउँदैन भन्ने जिज्ञासा राखेका थिए ।
शिक्षक लोक वहादुर राईले त्रिगंगा माध्यामिक विद्यालयमा खानेपानीको अभाव हुदाँ विद्यालयका बालबालिका प्रभावित बनेको र यो कहिले सम्म हुने । शौचालय समेत दुर्गन्धित बनेको छ बताए ।
नेकपा एमाले वडा कमिटि अध्यक्ष रोशन भण्डारीले बाख्राको खोर बनाउन लिएको अनुदान रकम कहाँ र कसरी खर्च भएको छ । यो कनु बर्गले पाउने हो , यसको मापदण्ड के हो , यसको खोजी गर्नु आवश्यक छ । केके विकासका काम भयो । वाटो कहाँ कहाँ वन्यो भन्ने विचार व्यक्त गरे ।
शिक्षक शम्भु वहादुर खत्रीले विद्यालय भवन निमाणर् गर्दा कक्षा संचालन गर्न अस्थायी कक्षा संलालनका लागि जग्गा भाडामा लिएको थियो । सो रकम वार्षिक ७० हजार गाउँपालिकाले तिर्ने भनेको थियो । एकवर्षको मात्र रकम भुक्तानी भयो अव वाँकी रकम कहिले भुक्तानी हुन्छ भन्ने प्रश्न गरे ।
सहभागिहरुले उठाएको जिज्ञासाहरुलाई वडा अध्यक्ष कुलेन्द्र मगर र वडा सचिव मोहन सुनुवारले मेटाएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार बिदुर पौडेलले गरेका थिए ।






















