सिन्धुली । रुखको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ । ढाल्ने क्रममा रुखको हागाले लागेर कमलामाई नगरपालिका वडा नं. ५ का ३२ बर्षीय लोक नारायण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका वडा नं. १ को तिनतले पाखा घागरठाकुर सामुदायिक वनमा वनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा रुखको हाँगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए । उनको घटना स्थलमै मृत्यु भएको दाहालले जानकारी दिए ।