सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको महिला विभागले कनपा ६ जसेदमारमा रहेको नवज्योति बहिरा माविका छात्राहरुसँग ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । शुक्रबार विहान विद्यालयमा पुगि विद्यालयका छात्राहरुलाई स्टेशनरी सहयोग गर्दै महिला दिवस मनाएको हो ।
विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजय लामा मार्फत छात्राहरुलाई स्टेशनरी वितरण गरिएको हो ।
महिला विभागका संयोजक तथा संगठनका उपाध्यक्ष अभिलाषा कोइरालाको अध्यक्षता एवम् बागमति प्रदेश उपाध्यक्ष सर्मिला देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
महिला विभागले अपांगता भएका छात्राहरुको शिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष अभिलाषा कोइरालाले बताईन । सो अवसरमा बहिरा विद्यार्थीहरुलाई चकलेट समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमति प्रदेश उपाध्यक्ष सर्मिला देवकोटा, नेकपा एमालेका सचिव तथा विद्यालयका संस्थापक नारायण बराल, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष डा. हरिप्रसाद पोखरेल लगाएतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संगठनका सदस्य सर्मिला काफ्लेले स्वागत गरेकी थिईन ।





















