सिन्धुली । नेकपा एमालेका जनसंगठन अखिल नेपाल महिला संघले स्थापना दिवस मनाएको छ । आठ मार्चका दिन मनाईदै आएको ७२ औं स्थापना दिवसका अवसरमा अनेमसंघ सिन्धुलीले लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरि मनाएको हो ।
अनेमसंघका नेताहरु, नेकपा एमालेका महिला नेताहरु तथा अनेमसंघका शुभचिन्तक, समर्थक लगाएतको सहभागितामा अनेमसंघले स्थापना दिवस मनाएको हो ।
दीप प्रज्वलनसँगै अनेमसंघले अनौपचारिक रुपमा ८ मार्चको शुभकामना आदानप्रदान समेत गरेको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















