सिन्धुली । जिल्लाको दुधौली नगरपालिका वडा नं. १, हत्पते डाँडामा शुक्रबार बोलेरो दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुदा १२ जना घाइते भएका छन् । महोत्तरीबाट लंगुरखोला महादेव मन्दिर जाँदै गरेका तिर्थयात्रु बोकेको बोलेरो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार प्र२–०४–००१च००५६ नम्बरको बोलेरो अनियन्त्रित भएर सडकबाट १५ फिट जति तल खसेको थियो । त्यस क्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालले बताए ।
घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासको जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिक भिमानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भिर रहेको इन्स्पेक्टर कटुवालले बताए ।




















