सिन्धुली । बालाजोरमा पाखोबारीमा रहेको बाँसको झ्याङमा स्थानीय महिलाको शव फेला परेको छ । केहि दिनदेखि वेपत्ता रहेकी तीनपाटन गाउँपालिका वडा नं.४ बालाजोरकी ४२ वर्षीय खड्कमाया भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा खड्कमाया फागुन २० गतेदेखि बेपत्ता भएको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिएका छन । शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको कटुवालले जानकारी दिए ।




















