सिन्धुलीमा । दशैंतिहार लक्षित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा सञ्चालित व्याडमिन्टन प्रतियोगितामा ए,बि भेटान्स र गाउँपालिका स्तरीय प्रतियोगिता भएका थिए । प्रतियोगितामा ए, बि, भेटान्स र गाउँपालिका स्तरीय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई प्रतियोगिता सम्पन्न भएपछि नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ए वर्गका मेन्स डवलमा सोम श्रेष्ठ–यम रमौली पहिलो, दीपेन्द्र बस्नेत–रूपक थिङ दोस्रो र इमा तामाङ–विकास देवकोटा, उज्ज्वल श्रेष्ठ–विकास हायुको समूह तेस्रो भएका छन । प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
यस्तै वि वर्गका मेन्सडवल प्रतियोगितामा वासुदेव बमजन–फडिन्द्र बल पहिलो, इमा तामाङ–विकास देवकोटा दोस्रो र सुरेश श्रेष्ठ–निकेश थापा, हरि रोक्का–पदम मगर तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुने समूहलाई १५ हजार, दोस्रो हुने समूहलाई १० हजार र तेस्रो हुने समूहलाई ५ हजार रुपैंया प्रदान गरिएको छ ।
भेटान्स वर्गका मेन्सडबल प्रतियोगिता तर्फ हरि रोक्का–दिपचन्द्र लामा पहिलो, चित्र बहादुर थापा–वैकुण्ठ कार्की दोस्रो र शुक्रराज थिङ–इश्वरलाल श्रेष्ठ, कैलाश पौडेल–रमेश हुमागाईँको समूह तेस्रो भएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई १५ हजार, दोस्रो हुने समूहलाई १० हजार र तेस्रो हुने समूहलाई ५ हजार रुपैंया प्रदान गरिएको छ ।
गाउँपालिका स्तरीय प्रतियोगितामा तिनपाटन गाउँपालिकाका पदम मगर–इमा तामाङ पहिलो, गोलञ्जोर गाउँपालिकाका शुरेस श्रेष्ठ–निकेश थापा दोस्रो र तिनपाटन गाउँपालिकाका यम रमौली–अनिल दाहाल र मरिण गाउँपालिकाका राम बज्यू तामाङ–विष्णु बमजनको समूह तेस्रो भएका छन । प्रतियोगितामा पहिलो हुने समूहलाई १५ हजार, दोस्रो हुने समूहलाई १० हजार र तेस्रो हुने समूहलाई ५ हजार रुपैंया प्रदान गरिएको छ ।
यस्तै उत्कृष्ट खेलाडी तिनपाटन गाउँपालिकाका इमा तामाङ घोषणा भए । सिन्धुली सदरमुकामको कर्भडहलमा भएको प्रतियोगितामा ए वर्गका मेन्सडवल, भेटान्स वर्गका मेन्सडबल र गाउँपालिका मेन्सडबल गरि ८० टिममा १६० जना खेलाडी सहभागी रहेका थिए । प्रतियोगितामा फिक्कल, सुनकोसी, घ्याङ्लेख गाउँपालिकाका खेलाडीहरु भने सहभागि भएनन ।





















