सानो छदा बाको चोर औंला समातेर
ताते ताते गर्दै हिडेको
अनि म हिड्दा हिड्दै पुल्टुङ्ग लड्दा
बा ले जुरुक्क उठाएर काधमा बोकेको
मलाइ खेतको आलिमा टुक्रुक्क राखेर
बा ले खेत खन्न लागेको
म आलि मै निदाएर पुर्लुक्क लड्दा
हतार हतार मलाइ उठाएर
बाले फुल्याएको याद आउँछ
बा दिन भरी काम गर्नु हुन्थ्यो
मलाइ स्कुल जा भन्नुहुन्थ्यो
म पढेर घर फर्किन्थे
बासी भात छ खा भन्नू हुन्थ्यो
बिहानै उठ्नु हुन्थ्यो
मोहि पार्नु हुन्थ्यो
घिउ खार्नु हुन्थ्यो
सबै लाइ जित्नुहुन्थ्यो
तर बा म सङ्ग हार्नु हुन्थ्यो
मलाइ चोट लाग्दा
बा लाई दुख्थ्यो
म रोए भने
बा को अनुहार अँध्यारो हुन्थ्यो
मलाइ भोक लाग्दा
बा लाई थाहा हुन्थ्यो
बा कहिले जोत्नु हुन्थ्यो
कहिले खन्नु हुन्थ्यो
मलाई तं असल मान्छे
बन्नु पर्छ भन्नुहुन्थ्यो
हरेक बर्ष चाड बाड आउथ्यो
दशैं आउथ्यो
बा म पसल जान्छु भन्नू हुन्थ्यो
बेला बेलामा खल्तिको पैसा गन्नु हुन्थ्यो
यस्पाली त पाइजामा हैन पाइन्ट भन्थे म
बा हस भन्नू हुन्थ्यो
म पनि पछि पछि जान्थे
बा तं यहि बस भन्नू हुन्थ्यो
कहिले काहीँ म बा को
आडैमा बसेर ती हात हरु हेर्थें
बा को हातमा सारो सारो ठेला भेट्थे
मेरो भोक थाहा पाउने बा को
भोक म थाह पाउदिन थें
बा ले नया लुगा लाको थाहा पाउदिन थे
हाम्रो जीवन सजाउन
अहो रात्र मरि मेट्ने बा हरु आज
किन बृद्दाश्रममा भेटिनुहुन्छ
एउटा गम्भीर प्रश्न उठ्छ
आजको दिन मात्र हैन
सधै बा लाई सम्झिने
बा को सम्मान गरौं
यश लोकमा हुने बा हरुप्रती
हार्दिक सम्मान
स्वर्ग लोकमा रहनुहुने बा हरुप्रती
हार्दिक स्रद्दा सुमन ।।।
हार्दिक स्रद्दा सुमन ।।।