सिन्धुली । मानवअधिकार एलाईन्स सिन्धुलीले मानवअधिकार एलाईन्सको २४ औं स्थापना दिवसका अवसरमा हात्ती पीडितलाई राहत उपलब्ध गराईएको छ । एलाईन्स सिन्धुलीले शुक्रबार कनपा १३ रानीबासका हात्ती पीडितलाई वडा नं. १३ को कार्यालयमा पुगी नगद सहयोग गरेको हो ।
एलाइन्सका बाग्मति प्रदेश सदस्य सुनिता शर्मा, जिल्ला सचिव मुकेश तामाङको नेतृत्वमा हात्तीको आक्रमणबाट मृत्यु भएका डण्डपानाी पौडेलका परिवारलाई नौ हजार नगद हस्तान्तरण गरिएको हो ।
वडाअध्यक्ष केशरबहादुर कार्की र एलाईन्सका बाग्मति प्रदेश सदस्य सुनिता शर्माले संयुक्त रुपमा उक्त रकम मृतकका श्रीमति ममिता पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
डण्डपानी पौडेलको २०७९ फागुन १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।





















