• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुलीका नौ स्थानीय तहको बेरुजु अन्ठानब्बे करोड बढी

बिमला पाण्डे by बिमला पाण्डे
असार ३१, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

119 Shares
  • Facebook 119
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्लाका स्थानीय तहको बेरुजु ९८ करोड ४४ लाख ९८ हजार देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदनले जिल्लाका नौ स्थानीय तहमा बेरुजु अत्यधिक रहेको देखाएको हो । प्रतिवेदनले गत वर्षको बेरुजु फस्र्याैटमा समेत जिल्लाका स्थानीय तहहरुलाई कमजोर मापनमा रहेको देखाएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाका स्थानीय तहको बेरुजु ४६ करोड ६३ लाख ७३ हजार देखिएको छ । गतबर्षको फस्र्यौट हुन नसकेको बेरुजु ६२ करोड ३७ लाख ७ हजार रहेको छ ।

जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा असुल गर्नुपर्ने बेरुजु रकम ४ करोड ७० लाख ८३ हजार देखिएको छ । यस्तै कागजात तथा प्रमाण पेश गर्नुपर्ने रकम २३ करोड ५६ हजार रहेको छ ।

लेखा परिक्षणको प्रक्रियामा स्थानीय तहले ७ करोड ६४ लाख २० हजार रुपैंया बेरुजु फस्र्याैट गरेका छन । स्थानीय तहले नियमित गर्नुपर्ने रकम १० करोड ९५ लाख ९१ हजार देखिएको छ ।

सबैभन्दा बढी बेरुजु तीनपाटनको दोस्रोमा सुनकोशी
सिन्धुलीमा सबैभन्दा बढी बेरुजु तीनपाटन गाउँपालिकाको देखिएको छ । गाउँपालिकाको जम्मा अध्यावधिक बेरुजु २६ करोड ९२ लाख ७० हजार देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै उक्त गाउँपालिकाको बेरुजु ८ करोड ४४ लाख ६५ हजार आएको छ । गत वर्षको बेरुजु फस्र्याैटमा समेत गाउँपालिका कमजोर देखिएको छ । गाउँपालिकाको १९ करोड १७ लाख ९ हजार रकम गत वर्षको बेरुजु फस्र्याैट भएको छैन । तीनपाटन पछि बढी बेरुजु हुनेमा सुनकोशी गाउँपालिका रहेको छ । यो गाउँपालिकाको १९ करोड तीन लाख ३ हजार रुपैंया बेरुजु अध्यावधिक छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै यो गाउँपालिकाको बेरुजु ७ करोड ५१ लाख २७ हजार रहेको छ ।

सबैभन्दा कम बेरुजु गोलञ्जोरको
गोलञ्जोर गाउँपालिकाको बेरुजु जिल्लाका अन्य स्थानीय तहभन्दा कम देखिएको छ । यो पालिकाको अध्यावधिक वेरुजु ४ करोड ९९ लाख ९० हजार रहेको छ । आर्थिक वर्ष २०७८/७९ को बेरुजु २ करोड ६७ लाख ७८ हजार रहेको छ । विगत वर्षको २ करोड ३२ लाख १२ हजार वेरुजु रकम फस्र्याैट भएको छैन ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिवेदनमा कमलामाई नगरपालिकाको ९ करोड ६५ लाख ५५ हजार, हरिहरपुरगढीको ६ करोड ८५ लाख ७९ हजार, फिक्कल गाउँपालिकाको ९ करोड ३३ लाख ३१ हजार, घ्याङ्लेख गाउँपालिकाको ९ करोड ७३ लाख ८९ हजार, दुधौली नगरपालिकाको ६ करोड १८ लाख ९१ हजार र मरिण गाउँपालिकाको ५ करोड ७१ लाख ९० हजार बेरुजु अध्यावधिक गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहहरुमा वेरुजु असुल गर्नुपर्ने रकम ४ करोड ७० लाख ८३ हजार रुपैंया रहेको छ । यसरी असुल गर्नुपर्ने रकम पनि तीनपाटन गाउँपालिकाको सबैभन्दा बढी देखिएको छ । उक्त गाउँपालिकाको असुल गर्नुपर्ने रकम १ करोड ३३ लाख रहेको छ । असुल गर्ने रकम कमलामाई नगरपालिकाको ९५ लाख ४ हजार, सुनकोशी गाउँपालिकाको ४२ लाख ६७ हजार, हरिहरपुरगढी गाउँपालिकाको ८ लाख ४४ हजार, फिक्कल गाउँपालिकाको ७९ लाख २९ हजार, गोलञ्जोर गाउँपालिकाको १८ लाख २४ हजार, घ्याङलेख गाउँपालिकाको ६९ लाख ७२ हजार, दुधौली नगरपालिकाको ११ लाख १९ हजार र मरिण गाउँपालिकाको १३ लाख २४ हजार रकम रहेको छ ।

कागतपत्र प्रमाण विना भुक्तानी दिनेमा सुनकोशी अगाडि
स्थानीय तहहरुले कागजात प्रमाणपत्र विना नै भुक्तानी दिने गरेको खुलेको छ । यस्तो रकम २३ करोड ५६ हजार रहेको छ । यसरी कागजपत्र प्रमाण विना भुक्तानी दिने स्थानीय तहमा सुनकोशी गाउँपालिका अग्रस्थानमा देखिएको छ । उक्त पालिकाले ५ करोड ९४ लाख ७३ हजार प्रमाण नपुराई भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाको ४ करोड ४१ लाख, ८२ हजार, तीनपाटन गाउँपालिकाको ३ करोड २९ लाख ८३ हजार, घ्याङलेख गाउँपालिकाको २ करोड ८१ लाख ९१ हजार, गोलञ्जोर गाउँपालिकाको १ करोड ५१ लाख ७९ हजार, हरिहरपुरगढी गाउँपालिकाको २ करोड ६८ लाख ७६ हजार, फिक्कल गाउँपालिकाको १ करोड ७० लाख १० हजार, दुधौली नगरपालिकाको ३१ लाख ११ हजार र मरिण गाउँपालिकाको ३० लाख ६१ हजार रकम कागजपत्र प्रमाण नपुगी भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले सबै स्थानीय तहलाई महालेखा परिक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरि वित्तिय विवरण तयार नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सबै स्थानीय तहले लेखालाई प्रचलित कानुन बमोजिम व्यवस्थित नगरेको, विकास निर्माण र सेवा प्रवाह प्रभावकारी नबनाएको, कर्मचारीको दरबन्दी पुरा नगरेको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, अनुदानको प्रयाप्त अनुगमन नभएको लेखा परिक्षण प्रतिवदेनमा औल्याईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मानवअधिकार एलाईन्सको स्थापना दिवसमा हात्ती पीडितलाई सहयोग

Next Post

सिन्धुलीमा एक सय सात एचआईभी संक्रमित

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied