सिन्धुली । शहिद सप्ताहको अवसरमा लेखा समुह सिन्धुलीले मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न गरेको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक हिरालाल भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकरी चिरञ्जिबी गिरीको प्रमुख आथित्यतामा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विशाल तामाङको बिशिष्ठ आथित्यतामा भएको मैत्रिपूर्ण फुटवल प्रतियोगिता दुई वटा टिमले प्रतिष्पर्धा गरेका थिए
प्रतियोगितामा प्रमुख कोष नियन्त्रक–११ र लेखा उपसचिव– ११ बिच भएको प्रतियोतिमा प्रमुख कोष नियन्त्रक–११ लाई १–२गोलले पराजीत गर्दै लेखा उपसचिव–११ विजयी भएको छ ।
लेखा समुहका सचिव पदम मगरले संचालन गरेको कार्यक्रममा मुख्य एम्पाएरको जिम्मेवारी भने ज्ञानु कार्कीले सम्हालेका थिए । प्रतियोगितामा विजयी टिमले ट्रफि र मेडल प्राप्त गरेको सचिव मगरले बताए ।






















