सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकामा दुई दिने कुकुर बन्ध्याकरण तथा रेबिज खोप संचालन हुने भएको छ । माघ ६ र ७ गते पालिकामा कार्यक्रम संचालन हुने पालिकाले जनाएको छ ।
फिक्कल गाउँपालिकाको आर्थीक सहयोग, केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौ र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको प्राविधिक सहयोग र सामुहिक सरोकार समाज सिन्धुली नेपालको आयोजनामा भएको दुई दिने शिविरमा पालिका भित्रका कुकुरहरुको वन्ध्याकरण तथा रेविज खोप संचालन गरिने सामुहिक सरोकार समाजका अध्यक्ष नवराज पहाडीले जानकारी दिए ।

शिविर फिक्कल गाउँपालिका ४ खाङसाङवेसीमा रहेको मदनआश्रति भवनमा संचालन हुने उनले बताए । शिविरमा कुनै पनि प्रकारको शुल्क नलाग्ने पनि पहाडीले बताए । शिविर बिहान १० बजे देखि ४ बजे सम्म संचालन हुने पनि उनले बताए ।





















