सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितको विहिवार उद्घाटन गरिएको छ । प्रतियोगितामा पालिकामा रहेका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन ।
प्रतियोगिताको उद्घाटन सत्र गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता तथा पुर्ब सामान्य प्रशासन मन्त्री एवम संविधान सभा सदस्य गणेश कुमार पहाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक कार्साङ लामाको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्वतमान पालिका अध्यक्ष धनवहादुर कार्की, फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल, नेकपा एमाले फिक्कल गाउँ कमिटीका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाली काँग्रेस फिक्कल गाउँ कार्यसमितिका सभापति राम कार्की, माओवादी केन्द्रका सिन्धुली जिल्ला कमिटी सदस्य शिवप्रसाद पहाडी, प्रतियोगितामा सहभागी १२ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, खेलाडी विद्यार्थी, विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पहाडीले खेलकुदले मानिसलाई स्वस्थ बन्नको लागी मात्र नभएर अनुशासित पनि बनाउने बताए । पालिकाहरुमा हुने यस्ता प्रतियोगिताहरुले बालबालिका तथा युवाहरुमा मानसिक विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । खेलको माध्यमबाट नै देशलाई योगदान पु¥याउ
पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस बर्षको नारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” राखिएको छ । सुनकोसी माध्यमिक विद्यालय खाङसाङको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिएको गाउँपालिका उपाध्यक्ष राजु बरालले बताए ।
विद्यालय स्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको हो । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताको भूमिका रहने उल्लेख गर्दै फिक्कलका सबै खेल मैदानलाई स्तरोन्नति गरी खेलाडी उत्पादन र खेलको विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
सुनकोशी माध्यामिक विद्यालय सोखुबेशी फिक्कल–४ खाङ्साङ सिन्धुलीको प्राङगणमा भएको प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ । प्रतियोगितामा भलिवल, एथलेटिक्स तर्फका खेलहरु संचालन हुने बरालले बताए ।























