सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाको हिउदे अधिवेशनको पहिलो चरणको शनिवार समापन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष धनवहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरीले स्वागत मन्तव्य राखेका थिए । अधिवेशनमा गाउँपालिकाका प्रवत्ता लालबहादुर स्याङतानले चालु आर्थीक बर्षको यस अवधीसम्म पालिकाले गरेका कामहरु सभामा पेश गरेका थिए ।
कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष भुपाल सिंह तामाङ, वडा नम्वर ७ का वडाअध्याक्ष युवराज पहाडी र वडा नम्वर ८ का वडाअध्यक्ष कृष्ण प्रसाद गौतमले धारणा राखेका थिए । अधिवेशनमा पालिकाको शिक्षा क्षेत्रका विषयमा उठेका जिज्ञासाहरुलाई पालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले प्रष्टयाएका थिए ।
अधिवेशनमा वडा नम्वर १ देखि ११ सम्मका वडाअध्यक्षहरु क्रमश ः गोविन्द राउत, मुकुन्द प्रसाद पौडेल, लालवहादुर स्याङतान, खड्गवहादुर भुजेल,भुपाल सिंह तामाङ, वीर बहादुर पुलामी, युवराज पहाडी, कृष्ण प्रसाद गौतम, मोहन गौतम, पुष्यहरी भुजेल, तीलक वहादुर वस्नेत र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पोष्टराज भण्डारीले गरेका थिए ।






















