सिन्धुली । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा दिपकराज तिमल्सिना सर्वसम्वत अध्यक्षमा चयन भएका छन । मंगलवार भएको साधारणसभाले तिमल्सिनाको अध्यक्षतामा ९ सदस्य जिल्लाकार्य समिति सर्वसम्वत चयन गरेको हो ।
साधारणसभाले समितिको उपाध्यक्षमा सरस्वती आले, सचिवमा जीवन श्रेष्ठ, कोषाध्यक्षमा रामराजा अधिकारी र सदस्यहरुमा चन्द्र प्रसाद न्यौपाने, वसन्त ठाकुर, रन्जित कुमार साह, जगदिश मरर र उदय साह रहेका छन ।
यसैगरी साधारणसभाले केन्द्रिय प्रतिनिधीमा विमल कुमार श्रेष्ठ र चन्द्र प्रसाद न्यौपानेलाई चयन गरेको छ । प्रदेश प्रतिनिधीमा विमलकुमार श्रेष्ठ,रामसेवक यादव ,ज्ञानी चौधरी र रामराजा अधिकारीलाई चयन गरेको छ ।





















