सिन्धुली/राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाईभर्सनको ड्यामसाईडतर्फ मुआव्जा बुझ्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
जिल्लाको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटको माथिल्लो भागबाट बाधिने ड्यामसाईटले सिन्धुली तर्फ सुनकोशि गाउँपालिका ५ र ६ नम्वर वडाका ८५ घरपरिवारको जमिन डुवानमा पर्ने आयोजनाका ईडि विश्बबन्धु थापाले बताए ।
सिन्धुली तर्फको मुअब्जा बुझने काम अन्तिम चरणमा पुगिसकेको भएपनि रामेछाप तर्फको भने २० प्रतिशतले मुअव्जा बुझ्न बाँकी रहेको थापाले बताए । ड्याम कसेपछि सिन्धुली तर्फ ८ किलोमिटर माथि सम्मको भाग डुवानमा पर्ने र रामेछाप तर्फ ६ किलोमिटर माथि सम्म पानिको सतह उकासिने थापाले बताए ।
पानिको सतह उकासिएर डुवानमा पर्ने सक्ने नम्वरी जमिन भएका जति र घर बनाए र बसेकाहरुलाई मुअव्जा वितरण गरिएको आयोजनाका डिई थापाले बताए ।
आयोजनाको निर्माण पछि मरिण क्षेत्र र तराईका आठ जिल्लामा सिचाईको सुविधा पुग्ने छ भने , सुनकोशि क्षेत्रमा पर्यटकिय क्षेत्रको रुपमा विकास हुने विश्वास लिएको छ । पानिको सतह उकासियसँगै त्यस क्षेत्रमा बोटिङ र सहासिक जलयात्राका लागी प्रशस्तमात्रामा पर्यटक आउने लक्ष्य राखिएको छ ।






















