सिन्धुली । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज देवराज वाईवाले युवाहरुलाई चुनावमा आफ्ना उमेदवार विरुद्ध हुने सबै गतिविधिको सामना गर्दै अगाडि बढ्न निर्देशन दिएका छन । बुधबार सिन्धुलीमाढीमा सम्पन्न संघको कमलामाई नगरपालिका कमिटीको भेला तथा प्रशिक्षणमा बोल्दै वाईवाले युवाहरुलाई यस्तो निर्देशन दिएका हुन ।
उनले एमालेका उमेदवारहरुलाई बहुमत दिलाउन युवाहरु जस्तो सुकै परिस्थितिको सामना गर्न तयार हुन आग्रह गरेका हुन । उनले युवाहरुमा नविनता र सृजनशिलता हुने भन्दै वाईवाले त्यसलाई गतिशिल बनाउन पनि आग्रह गरेका छन ।
युवा संघका नगर अध्यक्ष मिलन मोक्तानको अध्यक्षता तथा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवराज वाईबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले युवाहरुलाई सक्रियता, अध्ययनशिलता र लगनशिलतालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गरे ।
भेलाले मिलन मोक्तानको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटीलाई पूर्णता दिएको छ । जसको उपाध्यक्षमा किरण घिसिङ, सचिवमा श्रवण नेवा खड्गी, सहसचिवमा लक्सना बराल, वसन्त अधिकारी र कोषाध्यक्षमा सुनमाया तामाङ लाई चयन गरेको छ ।
यस्तै युवा संघले आसन्न निर्वाचनलाई सफल बनाउन प्रचार प्रसार कमिटी समेत गठन गरेको छ ।





















