सिन्धुली । लाली गुराँस उपभोक्ता सहकारी संस्था लिमिटेड सिन्धुलीले १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९को वित्तिय प्रतिवेदनको आधारमा उक्त निर्णय गरेको हो । सोमबार सिन्धुलीमाढीमा सम्पन्न संस्थाको १४ औं साधारणसभाले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारणसभाले शेयर सदस्यहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा संस्थाले सम्पूर्ण खर्च कटाई ११ लाख ७५ हजार २५ रुपैंया नाफा गरेको संस्थाले साधारणसभाको अवसरमा जानकारी दिएको छ ।
सहकारीको ५ सय ४ जना शेयर सदस्य रहेका छन । संस्थामा ३४ लाख २४ हजार ७ सय रुपैंया शेयर २ करोड ९ लाख २४ हजार ८ सय ३८ रुपैंया वचत र २ करोड १ लाख ३० हजार ८ सय ७२ रुपैंया ऋण लगानी रहेको संस्थाका कोषाध्यक्ष धनवहादुर कार्कीले वित्तिय प्रतिवेदन प्रस्तुत गरेका छन ।
संस्थाका अध्यक्ष नवराज कोइरालाको अध्यक्षतामा भएको साधारणसभा तथा विजया दशमी शुभ दीपावली एवम छठ पर्व २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा उक्त प्रतिवेदन आएको हो । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता एवम उप प्रमुख मञ्जु देवकोटाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरका सहकारी संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मञ्जु देवकोटाले सहकारी मार्फत न्यून आय भएका सदस्यहरुको नियमित वचत तथा ऋणको कारोवारमा सहभागी गराई नगरवासीको वित्तिय सक्षमता वृद्धिका लागि सहकारीले उल्लेख्य भूमिका खेलेको बताईन ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को नियमित कारोवार गर्ने असल वचतकर्तामा कमलामाई नगरपालिका ६ माढी वजारका दिपक कुमार अधिकारी, असल ऋणी सदस्य क.न.पा. ५ का सुर्य वहादुर तामाङ र संस्थापक अध्यक्ष खेम कुमार थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका वाल वचतकर्ता शेयर सदस्यहरुलाई संस्थाका अध्यक्ष कोइरालाले खुत्रुके वितरण गरेका छन ।
संस्थाको वार्षिक साधारणसभामा संशोधित विनियम वमोजिम २ जना नयाँ संचालक अच्यूतम ढकाल तथा सोनी झालाई सर्वसम्मत चयन गरेको छ ।
त्यसै गरि महिला वालवालिका तथा सामाजिक क्रियाकलाप उपसमितिमा संयोजक सोनी झा र सदस्यहरुमा शुष्मा वैदार र संगीता श्रेष्ठलाई चयन गरिएको छ । संस्थाका सचिव वासु प्रसाद भेटवाल प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा वचत तथा ऋण सहकारी संघ सिन्धुलीका संचालक मोहन वहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी वैकका प्रवन्धक रेगन वर्तौला, सामुदायीक विकास केन्द्र सिन्धुलीका अध्यक्ष रामवहादुर हायू, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।





















