सिन्धुली । सिद्घबाबा सञ्चार सहकारी संस्थाले सोमबार सिन्धुली कलाघरलाई सम्मान गरेको छ । संस्थाको १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा सिन्धुलीको कला संस्कृतिको संरक्षणमा योगदान दिएको भन्दै कलाघरलाई सम्मान गरेको हो ।
कलाघरलाई ५१ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको हो । साधारणसभामा कमलामाई नगरपालिका सिन्धुुलीका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र सिद्घबाबा सन्चार सहकारी संस्थाका अध्यक्ष दिपक कार्की, रेडियो सिद्धवावाका प्रबन्धक टिकाजंग थापाले संयुक्त रुपमा नगद तथा सम्मान पत्रले सम्मान गरेका हुन ।
उक्त सम्मान कलाघरका संयोजक सुमन थापाले ग्रहण गरेका छन ।
सञ्चार सहकारीले रेडियो सिद्धवावा र सिद्धवावा टेलिभिजन सञ्चालन गर्दै आएको छ ।





















