सिन्धुली । तिनपाटन गाउँपालिका अध्यक्ष चढ्ने गाडी बुधबार राती तोडफोड भएको छ । माओवादी कार्यकर्ता तिनपाटन गाउँपालिका वडा नं. ११ का गोपी भन्ने गोपाल दुवालेले पार्किङ गरि राखेको गाउँपालिकाको बा२झ३६७० नं. को गाडी तोडफोड गरेका हुन ।
तिनपाटन ११ सिमलभञ्ज्याङमा रोकि राखेर आफन्तको खाना खान गएको बेलामा गाडीमा तोडफोड भएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताए ।
उनले गाडीको सिसा फुटेको, चारैतिर गाडी कुच्चिएकाले धेरै क्षति भएको बताए । स्थानीयका अनुसार काकाको आदेश भन्दै गाडीमा बाकलले हानेर कुच्चाएको स्थानीयले बताएको थापाले बताए । उनले सरकारी गाडी रातीमा प्रयोग गर्ने, भोट माग्न हिड्ने भन्दै तोडफोड गरेको स्थानीयले बताएका छन ।
थापाका अनुसार स्थानीयले रोक्न खोज्दा समेत दुवालेले गाडी तोडफोड गर्न छाडेका थिएनन ।
गाडी तोडफोड भएसँगै पालिका अध्यक्ष थापाले उक्त गाडी प्रहरी चौकी चकमकेलाई गाडी बुझाएका छन भने प्रहरीमा उजुरी समेत दिईसकेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले गाडीमा तोडफोड भएको जानकारी प्रहरीमा आएको बताए ।





















