सिन्धुली/जिल्लामा सत्र जनाको परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार आएको परिक्षण नतिजा अनुसार १५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
यो जिल्लाको पोजेटिभ आउनेको प्रतिशत ८८ दशमलब ३ प्रतिशत हुन आउँछ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार तेस्रो लहरको परिक्षणमा पोजेटिभ आउनेको धेरै प्रतिशत हो ।
कार्यालयका अनुसार ६ जना महिला र ११ पुरुष गरि जम्मा १७ जनाको पिसिआर परिक्षण गर्दा ६ जना महिला र ९ जना पुरुष गरि जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा २ सय १२ जना होम आइसोलेसनमा उपचारत रहेका छन् ।



















