सिन्धुली । नेकपा एमाले सिन्धुलीको सातौं अधिवेशनबाट अध्यक्षमा कुमार बहादुर कार्की (रामकुमार) विजयी भएका छन । उनी ४८८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन ।
आइतबार सम्पन्न मतदानपछि सुरू भएको मतगणनाको कार्य सोमबार विहान सकिएको हो । अध्यक्षमा प्रदीप कुमार कटुवाललाई ८० मतले पछाडी पार्दै अध्यक्षमा कार्की निर्वाचित भएका हुन । कटुवालले ४०८ मत प्राप्त गरेका छन ।
यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ निर्वाचित भएका छन । उपाध्यक्षमा ४५ मतले विनोद कुमार खड्कालाई पराजित गरेका हुन ।
यस्तै उपसचिवमा २ पदमा दुई जना महिलाले निर्वाचित भएका छन । रश्मिला देवकोटाले ५ सय ६५ मत प्राप्त गरेर विजयी भएकी छिन भने मञ्जु देवकोटाले ४ सय ४५ मत प्राप्त गरेका छन । उपसचिवमा नवराज थिङले ४ सय ४० मत प्राप्त गरेका छन भने खड्ग रजन मगर (धिरज) ले ३ सय ११ मत प्राप्त गरेका छन । निर्वाचनमा ९ सय ३ मत खसेको थियो ।
पदाधिकारीको मत गणना सकिएसँगै अब सदस्यहरुको मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक पुरुषोत्तम दाहालले बताएका छन ।




















