• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जीविका धान्न ल्याएको ऋणले सडकमा पुरायो

बिमला पाण्डे by बिमला पाण्डे
पुस ३, २०७८
in Featured, Life, News, Province 3
0

Share via:

148 Shares
  • Facebook 148
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्ला अदालतले फैसला कार्यान्वयन भन्दै शुक्रबार कमलामाई नगरपालिका वडा नं. ७ की ६३ बर्षिया लक्ष्मी गुरुङ्गको घरमा ताला लगायो । अदालतले प्रहरी लगाएर उनको घर खाली गरि साहुलाई घर जिम्मा लगायो।

लक्ष्मीको घर

एकल महिला लक्ष्मी गुरुङको २१ धुर घडेरी, काठको घर र कुखुरा सहितको खोर सबै विपक्षीका नाममा अदालतले पास गरिसकेपछि ताला लगाएको हो । केही बर्ष पहिला घर व्यवहार चलाउन तीन जना महेश भुषाल, चुडा कुमारी गौतम र धनमाया प्रधानसंग ऋण लिएकी लक्ष्मीको घरबास नै उठ्यो ।

लक्ष्मीको घरको ढोकामा अदालतले लगाएको ताला

कुखुरा बाख्रा र सुँगुर पाल्न सयकडा ३ रुपैंयाका दरले व्याजमा ऋण लिएकी लक्ष्मीले लगाएको लुगा बाहेक सबै गुमाउनु प¥यो । कमाएर जीविको धान्न लिएको ऋणले सडकमा पु¥यायो । ऋण लिएको ६ महिनामै ११ लाख रुपैंयाको कागज गराएका साहुहरुले उक्त रकम दोब्बर भएको भन्दै काठको दुई कोठे घर र २१ धुर जग्गा दृष्टि बन्धक पास गराए । लक्ष्मीले ऋण तिर्न नसकेपछि आरती होटलका साहु समेत रहेका भुसाल र अन्य २ जनाले आरती होटलमा लगी एक्लै पारेर २२ लाखको कागज सहित उनको घर जग्गा दृष्टिबन्धक पास गराएका थिए । जब दृष्टि बन्धक पास भयो तीनै जना विपक्षी अदालती प्रक्रियामा गए । र अहिले लक्ष्मीलाई घर न घाटको बनाए ।

उनले ऋण सकारात्मक कामका लिएकी थिईन । बाख्रा, सुगुर र कुखुरा पाल्ने र जीवन धान्ने भनेर ल्याएको ऋणले उनलाई सुकुम्बासी बनायो । कारण ‘पालेका सुँगुर, बाख्रा सबै रोगले मरे । ऋण जस्ताको तस्तै रह्यो । तिर्ने पैसा नै भएन’, उनले भनिन । ऋण तिर्न नसकेकी लक्ष्मीलाई विपक्षीले सिन्धुली जिल्ला अदालतमा पैसा नतिरेको भन्दै लेनदेन मुद्दा हाले । उक्त मुद्दामा अदालतले लक्ष्मीलाई हराईदियो । उनले पैसा तिर्न त खोजिन तर ३५ लाख रुपैंया पुगेको ऋण पुरै निखन्न सकिनन । जसका कारण उनको जग्गा लिलामी भयो । अदालतका तहसिलदार  डेढकुमार ढकालका अनुसार २ पटकसम्म लिलामी हुदा समेत कसैले जग्गा नलिएपछि अदालतले विपक्षीका नाममा पास गर्ने निर्णय ग¥यो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
लक्ष्मीले बनाएका कुखुराका खोर

जग्गा र घर साहुको नाममा पास गरिदिने अदालतले निर्णय ग¥यो । उक्त घर जग्गाको ३५ लाख रुपैंया मुल्यांकन गरियो । अदालतले फैसला कार्यान्वयन भन्दै लक्ष्मीलाई घर छोड्न आग्रह पनि ग¥यो तर लक्ष्मीसँग न कुनै जग्गा थियो, न कुनै सम्पत्ति । घर छोड्न सकिनन । उनलाई सहयोग गर्ने पनि कोहि भएनन ।

शुक्रबार अदालतले घर खाली गर्न आउने भन्दै पत्र पठाएको थियो । पत्र बुझेकी लक्ष्मी दिउँसो १२ बजेसम्म घरमा अदालतका कोहि नआएपछि बजार झरिन । बजार गएका बेला अदालतका तहसिलदार डेढकुमार ढकालको नेतृत्वमा प्रहरी टोली लक्ष्मीको घरमा पुग्यो । लक्ष्मीको घरको ताला फोड्यो र उनका लगाउने, खाने, पकाउने सबै सामान निकाल्यो । जनप्रतिनिधिको रोहबरमा गर्नुपर्ने काम सम्बन्धित व्यक्ति समेत नभएको बेलामा डकैति शैलीमा घर खाली गरियो । जनप्रतिनिधिले पत्तो समेत पाएनन ।

लक्ष्मीको घरको ढोकामा अदालतले लगाएको ताला

लक्ष्मीका अनुसार सामान निकाली सक्दा उनी घरमा पुगेकी थिइन तर सामान अदालतका कर्मचारी, प्रहरी कसैले उनलाई दिएनन । सामान लिन अदालत गईन । अदालतमा उनलाई कार्यालय समय सकिएको भन्दै पस्न दिईएन ।

श्रीमानले घर छोडेर वेपत्ता भएको १४ वर्ष भयो लक्ष्मीको । छोरी विहे गरेर गईन । बस्ने घर पनि अदालतको फैसला अनुसार अदालतले नै ताल्चा लगाईदियो । न खाने बास छ, न लगाउने लुगा र पकाउने भाँडा नै छन, नत खानेकुरा, न पैसा नै । घरमा एक्लै रहेकी लक्ष्मी अहिले न बास न साथको अवस्थामा पुगेकी छिन ।

उनी सहारा विहिन बनेकी छिन । बेसहारा भएपछि उनी सिन्धुली जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट अगाडि चौतारोमा शुक्रबार रातको १० बजेसम्म बसिन । राती १० बजे इन्सेक जिल्ला प्रतिनिधि नबिनवावु अधिकारी र पत्रकारको टोली त्यहाँ पुग्यो र लक्ष्मीको उद्धार ग¥यो । उनलाई सिन्धुलीको सुरक्षित आवास गृहमा राखियो । शनिबार उनी केहि जनप्रतिनिधि, पत्रकार र स्थानीय सहित उनी घरमा पुगिन तर फेरी फर्केर सेफ हाउसमै आएर बस्न बाध्य बनिन ।

घर घडेरी गुमेपछि शुक्रबार राती अदालत अगाडी चौतारामा भेटिएकी लक्ष्मी ।

मानवअधिकारकर्मी र पत्रकारको टोली जाँदा अदालतले कुनै सूचना टाँस गरेको पाईएन । ताला लगाईएको छ तर लाहा लगाईएको छैन । लक्ष्मीले पालेका कुखुरा शनिबारसम्म भोकै छन । दाना पानी दिने आँट छिमेकी कसैले गरेका छैनन । किनकी अदालत र प्रहरीको टोलीले कुखुरा गनेर गएको छ । अदालतबाट गएका मान्छेले नछुनु भनेका छन ।

लक्ष्मीलाई ‘कुखुरा लानु भनेका थिए अदालतका मान्छेले’ तर ‘कहाँ लानु बासै नभएपछि किन चाहियो कुखुरा ?’ लक्ष्मीले भनिन । ‘उनीहरुलाई नै तपाई नै जिम्मा लिनुस भनें, उनले थपिन । उनको जग्गाको मुल्य हाल चलनचल्तीको मुल्यमा ५ लाख रुपैंया धुर छ । पैसा नै नहाले पनि ४ लाख धुर हाल्छन । यसले गर्दा पनि उनको सम्पत्ति करोड माथिको मुल्यको थियो तर ३५ लाखमै साहुले खायो । अदालतले त्यहि साहुलाई सघायो । एउटी एकल महिलालाई सडकमा पु¥यायो ।

अदालतका तहसिलदार डेढकुमार ढकालका अनुसार शनिबारसम्म अदालतले कानुनी रुपमा घर विपक्षीलाई बुझाएको छैन । नत सामान नै लक्ष्मीलाई बुझाएको छ । यो घटनालाई स्थानीयबासीले अदालतको अमानवीय व्यवहार भन्दै घटनालाई व्याख्या गरेका छन । तथापी ‘अदालतमा कानुनी कुरा मात्र हुने र मानवीयता नहुने’ ढकालले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले सिन्धुलीका नेताले के के पाए केन्द्रीय जिम्मेवारी ?

Next Post

हात्तिको आक्रमणबाट १८ घरमा क्षती

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied