सिन्धुली । जंगली हात्तिको आक्रमणबाट दुधौली नगरपालिका–११ माथिल्लो पत्रिंगामा १८ घरमा क्षती पुगेको छ । विहिवार राति वस्तीमा पसेको ३ वटा हात्तिहरुको समुहले बस्तीमा पसेर घर भत्काउने तथा भण्डारण गरी राखेका खाद्यान्न खाएको हो ।
हात्तिले कृष्ण कुमर, रानीवती धामी, पदम बहादुर परिवार,ईनर धामी, नथुनी धामी,दिपक परिवार,टेक बहादुर दमाई, टंके दमाई र मेघ बहादुर परियार लगाएतको घरमा हात्तिले क्षती गरेको छ ।
हात्तिले घरको बेरा भत्काउनुका साथै ढिकुटीमा राखेको धान,मकै सवै सखाप पारेको छ । हात्तिको आक्रमणबाट कुनै पनि मानविय क्षति नभएको भए पनि क्षती गर्ने क्रम भने नरोकिएको नेपाली काग्रेस दुधौलीका नगर सभापति बलराम कार्कीले बताए । उनका अनुसार विहिबारदेखि त्यस क्षेत्रमा हात्तिले क्षती गर्न थालेको हो ।
हात्तिले घर भत्काएपछि गासवास विहिन भएका स्थानीयलाई शनिबार नेपाल रेडक्रस सोसाईटी सिन्धुली र दुधौली नगरपालिकाले राहत वितरण गरेको छ । रेडक्रसका सभापति अशोक श्रेष्ठका अनुसार खाद्यान्न, त्रिपाल लगाएतका सामग्री राहत दिईएको हो ।
यस्तै हात्तिले आतंक मच्चाउन थालेपछि डिभिजन वन कार्यालय सिन्धुलीको टोली दुधौलीमा पुगेको छ ।
टोलीले पीडित परिवारसँग भेटघाट समेत गरेको छ । डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थीर बहादुर कार्की नेतृत्वको टोली शुक्रवार नै प्रभावित क्षेत्रमा पुगेर हात्तिले पु¥याएको क्षतिको विवरण लिएको छ ।























