सिन्धुली । नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको दोस्रो वैठकले सबै नेताहरुलाई जिम्मेवारी तोकेको हो ।
जिम्मेवारी तोक्ने क्रममा सिन्धुलीबाट केन्द्रीय सदस्य जितेका तथा मनोनित सबै केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन । नेकपा एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी गणेश कुमार पहाडीले पाएका छन ।
यस्तै वन तथा वातावरण विभागको प्रमुखको जिम्मेवारी विषमलाल अधिकारी दनुवारले पाएका छन । जिल्लामा सहइन्चार्जको जिम्मेवारी तीन जनालाई दिईएको छ । उमादेवी कोइराला, कमलजंग राई र सुवास देवकोटाले सह इन्चार्जको जिम्मेवारी पाएका हुन ।
यस्तै मनोजजंग थापाले नेपाल बुद्धिजीवी परिषदको इन्चार्जको जिम्मेवारी पाएका छन भने निरु दर्लामी (कुँवर) ले नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको सह इन्चार्जको जिम्मेवारी पाएकी हुन ।





















