सिन्धुली । नेकपा एमालेको आइतबार बसेको बैठकले सिन्धुलीका ३ जना सहित ४५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
सिन्धुलीबाट विषमलाल अधिकारी दनुवार, उमादेवी कोइराला र सुवास देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
मनोनित ३ जना मध्ये सुवास देवकोटा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन । कोइराला र दनुवार भने यस अघि पनि केन्द्रीय सदस्य थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनयनका लागि ४५ जनाको नाम प्रस्ताव गरेका थिए । बैठकले सबैको नाम अनुमोदन गरेको छ ।





















