सिन्धुली । जयबुद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिन्धुलीको अध्यक्षमा द्वारिका काफ्ले सर्वसम्मत चयन भएका छन । सहकारीको शनिबार सम्पन्न साधारणसभाबाट काफ्लेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा रोजन वि.क, सचिवमा भिम बहादुर श्रेष्ठ र कोषाध्यक्षमा संगिता श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा शान्ता कुमारी श्रेष्ठ, चित्रलाल श्रेष्ठ र सुमित्रा कुमारी चौहान चयन भएका छन ।
साधारणसभाले चित्रलाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय ऋण समिति चयन गरेको छ । जसको सदस्यमा चन्द्र कार्की र बम बहादुर गिरी चयन भएका छन ।
यस्तै साधारणसभाले राजु प्रसाद सापकोटाको संयोजकत्वमा लेखा समिति निर्माण गरेको छ । लेखा समितिको सदस्यमा मनोज सापकोटा र जनार्दन दाहाल रहेका छन ।
साधारणसभाले बम बहादुर गिरीको संयोजकत्वमा सल्लाहकार समितिको समेत निर्माण गरेको छ । सल्लाहकार समितिका सदस्यमा निर्मल कुमार रम्तेल, गोपाल वि.क, शैलेन्द्र शर्मा, सुनिता वाग्ले रहेका छन ।





















