सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा डा. हरिप्रसाद पोखरेल विजयी भएका छन । १३ औं अधिवेशनबाट सम्भु प्रसाद दाहाललाई हराउँदै पोखरेल निर्वाचित भएका हुन । सिन्धुलीमाढीमा शनिबार भएको मतदानपछि पोखरेल ५१३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी दाहालले २ सय ५१ मत ल्याएका थिए ।
मतगणना आइतबार विहान करीब २ बजे सम्पन्न भएको थियो । निर्वाचनमो ७ सय ८० मत खसेको थियो । शिक्षक संगठनमा १ हजार २ सय ६७ मतदाता रहेका थिए ।
यस्तै उपाध्यक्षमा तुलसीराम पोखरेल विजयी भएका छन । उनले बलबहादुर भुजेललाई हराएका हुन । यस्तै सचिवमा रमेश कार्की विजयी भएका छन । कोषाध्यक्षमा नवराज पौडेल विजयी भएका छन भने समावेशी जनजाती सदस्यमा खेल बहादुर पूर्वछाने विजयी भएका छन ।
जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रममा अध्यक्ष १, उपाध्यक्ष (खुल्ला) १, सचिव १, कोषाध्यक्ष १ र समावेशी जनजाति १ पदमा नेतृत्व चयनका लागि मतदान भएको थियो ।
यस्तै महिला उपाध्यक्षमा अभिलाषा कोइराला, सहसचिवमा मेनुका सुवेदी, सह–कोषाध्यक्षमा मिना कुमारी आचार्य निर्विरोध निर्वाचित भएका छन । सदस्यहरूमा दीपक कुमार बुढाथोकी, मीन प्रसाद भट्टराई, शारदा ढुङ्गेल, डिल्लीराम फुयाँल, विदुर फुयाँल, नवीन कुमार सुनुवार, धनबहादुर थापा, कृष्णराज आचार्य, प्रेम प्रसाद पहाडी र राजन बराल सर्वसम्मत निर्वाचित भएका छन ।
यस्तै समावेशी महिलातर्फ सीता बि.क., राष्ट्रिय महाधिवेशन प्रतिनिधि (खुल्ला) मा पुरुषोत्तम पहाडी, गुणविक्रम कुवर, विष्णु प्रसाद सापकोटा, महाधिवेशन प्रतिनिधि महिलामा शकुन्तला श्रेष्ठ, लेखा समिति संयोजकमा कमल प्रसाद न्यौपाने, लेखा समिति सदस्यमा भगवान् कुमार पोख्रेल, सूर्य विक्रम कार्की सर्वसम्मत चयन भएका छन ।




















