सिन्धुली । सिन्धुली जिल्लामा करीव ३६ हजारले पूर्ण खोप पाएका छन । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा ३५ हजार ९ सय ६ जनाले पूर्ण खोप लाएका हुन ।
जिल्लामा कोभिशिल्ड, एक्स्ट्राजेनिका, भेरोसिल र जानसान एण्ड जानसान खोप लगाईएको थियो । जिल्लामा ४२ हजार ३ सय ५५ जनाले खोप लगाएका थिए ।
गत माघ महिनादेखि सुरु भएको खोप कार्यक्रम निरन्तर चलिरहेको छ । यसरी पूर्ण खोप लगाउनेमा कोभिशिल्डको दोस्रो मात्रा २ हजार ३ सय ६१ जनाले लगाए भने कोभिशिल्डकै दोस्रो मात्राका रुपमा लगाईएको एक्स्ट्राजेनिका ५ हजार ६ सय ९८ जनाले लगाए ।
यस्तै भेरोसिलको दोस्रो मात्रा खोप १५ हजार ३ सय १८ जनाले लगाए । यस्तै एकै पटक मात्र लगाईने जानसन एण्ड जानसन १२ हजार ५ सय २९ जनाले लगाएका छन ।
जिल्लामा पहिलो मात्रा खोप लगाएका र पूर्ण खोप नलगाएका ६ हजार ४ सय ४९ जना रहेका छन । हालसम्म कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३ हजार ५ सय ६५ जना जेष्ठ नागरिकले खोप लगाएका छैनन ।




















