सिन्धुली । सिन्धुलीमा रहेको कोभिड १९ पिसिआर परिक्षण ल्याव उत्कृष्ट ल्याव भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा सिन्धुली जिल्लाको ल्याव उत्कृष्ट घोषित भएको हो ।
जिल्लाबाट परिक्षण गरि पठाईएका १५ वटा नमुनालाई केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा सतप्रतिशत रिपोर्ट मिलेपछि उत्कृष्ट ल्याव घोषणा गरिएको हो ।
साउन २० गते पठाईएका नमुनाको परिक्षणपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले साउन २८ गते सतप्रतिशत सफल प्रयोगशालाको प्रमाण समेत दिएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. उमेश प्रधानले बताएका छन ।
उक्त ल्याव सामाजिक विकास मन्त्रालय बाग्मति प्रदेशको सहयोगमा सिन्धुली अस्पताल मातहतमा रहने गरि स्थापना गरिएको थियो ।
यो ल्यावमा सिन्धुली लगाएत रामेछाप, उदयपुर, महोत्तरी, सर्लाही, रौतहत, वारा लगाएतका जिल्लाबाट समेत कोभिड परिक्षणका लागि स्वाव आउने गर्दछन ।




















