• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण सम्पन्न, बुधबार राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने (फोटा फिचर सहित)

बिमला पाण्डे by बिमला पाण्डे
साउन १२, २०७८
in Featured, Nation, News, Province 3
0

Share via:

366 Shares
  • Facebook 366
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएको छ । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले वि.सं. १८२४ मा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण कार्य सम्पन्न भएसँगै उद्घाटन तथा हस्तान्तरणको तयारी गरिएको छ ।

संग्रहालयको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ । जसको तयारी सकिएको वर्द बहादुर गण सिन्धुलीले जनाएको छ । बुधबार विहान ८ बजे संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढीमा आउने कार्यक्रम तय भएको नेपाली सेनाको वर्द बहादुर गणका गणपति विजय थापाले बताएका छन । उनका अनुसार राष्ट्रपतिको सुरक्षा लगाएत व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन ।

नेपाली सेनाले करिब ७ करोडको लगानीमा बनाएको युद्ध संग्रहालय भवन र डेकोरेसनको काम सकिएको थापाले बताए । प्रधानसेनापति पूर्णचन्द्र थापा, संघिय सांसद गणेश कुमार पहाडी लगाएत युद्ध संग्रहालय उद्घाटनमा आउने निश्चित भएको थापाले जानकारी दिए ।

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणको भवन निर्माणको काम न्यु ड्रागन÷सिद्धगढी जेभि कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फास्टक्चर प्रा.लि धुलिखेलले गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त संग्रहालय काठमान्डौ बाहिर बनाईएको पहिलो संग्रहालय हो । युद्धकालिन अवस्थाका पत्रहरु, सिन्धुलीगढी युद्धको टाईम लाईन, सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्रीहरु, चरणवद्ध युद्धका चित्रहरु, तत्कालिन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालिन हातहतियार, अंग्र्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, व्रिटिस योद्धाहरु, नेपाली योद्धाका आर्ट तस्वीरहरु, मिथिला आर्ट, विट्रेनहरुको नाममा बनाईएका स्तम्भहरु, युद्धकालिन शिलालेखहरु, ऐतिहासिक दस्तावेज, इतिहासका पुस्तकालय संग्रहालयमा राखिएको छ । संग्रहालयमा पृथ्वीनारायण शाहको पूर्ण कँदको शालिक, पृथ्वी नारायण शाहका दिव्योपदेशलाई समेत व्यवस्थित गरिएको छ ।

नेपाली सेनाको वर्द बहादुर गणले निर्माणको कामको व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । यो संग्रहालय सञ्चालन व्यवस्थापनको जिम्मा नगरपालिकाको रहने छ ।

सिन्धुलीगढी युद्ध संग्रहालयमा सुगौली सन्धि अघिको ग्रेटर नेपालको नक्सा तथा पछिल्लो चरणमा नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्सा (लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको) नक्सा समेत राखिएको छ । २०७६ कार्तिक २४ गते पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गरेसँगै निर्माणले तीव्रता पाएको थियो ।

 

यस्तै कमलामाई नगरपालिकाले संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धाहरु वंशु गुरुङ, वंशराज पाण्डे, श्री हर्ष पन्त र विरभद्र उपाध्यायको संयुक्त शालिक निर्माण गरि प्रतिस्थापन समेत गरेको छ ।

उक्त शालिकको उद्घाटन नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले बुधबार नै गर्ने भएका छन । नगरपालिकाको ४९ लाख लागतमा उक्त शालिक निर्माण गरेको हो ।

नेपाल एकिकरणका बिं. सं. १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएका थिए ।

जति बेला झण्डै एक हजार ६ सय अंग्रेज सेनाहरु हताहत भएका थिए । अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो । सोहि इतिहासलाई जीवित राख्न सिन्धुलीगढीको पुनःनिर्माण सुरु गरिएको हो । नेपाल सरकारले सिन्धुलीगढीलाई १ सय पर्यटकीय गन्तव्य स्थानमा सूचिकृत समेत गरेको छ ।

यता सिन्धुलीगढीको रानी दरबारको पुननिर्माण सुरु भएको छ । वाग्मति प्रदेश सरकारले रानी दरवार निर्माणका लागि यो वर्ष ४ करोड २४ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । यस्तै सिन्धुलीगढी हिल स्टेशन निर्माणका लागि प्रदेश सरकारले १ करोड ८६ लाख ७० हजार बजेट विनियोजन गरेको छ ।

सिन्धुलीगढीको रुप परिवर्तन भएसँगै पर्यटक बढ्ने अनुमान समेत गरिएको छ । सबै निर्माणको काम सकिएसँगै पर्यटकले सिन्धुलीगढी दरबार क्षेत्र अवलोकन गर्ने र वार्षिक ३ करोडसम्म आम्दानी हुने अनुमान कमलामाई नगरपालिकाले गरेको छ ।

 

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पुष्पलालको सम्झनामा युवा संघद्वारा वृक्षारोपण

Next Post

सिन्धुलीगढी नेपाली सुरता र विरताको इतिहास : राष्ट्रपति भण्डारी

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied