सिन्धुली । फिक्कल गाउँपालिकाले गाउँपालिका भित्रका सुत्केरी र गर्भवति महिलालाई पोषण झोला वितरण गरेको छ । गाउँपालिका भित्रका दुई सय गर्भवती तथा सुत्केरीहरूलाई पोषण झोला वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताएकी छिन ।
गाउँपालिकाले क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरेको हो । गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ वडाहरूमा पोषण झोला वितरण गरि सकिएको केही स्थानहरूमा वितरण हुने क्रममा रहेको सुनुवारले जानकारी दिएकी छिन ।
पोषण झोलामा १ किलो आयोडिन नुन, १ किलो चामल, १ किलो चना, १ किलो राज्मा, १ किलो मुसुरीको दाल, १ किलो भटमास, १ किलो केराउ, आधा किलो घ्यू, १ वटा पोथी कुखुरा, ५ प्रकारको हरियो तरकारीको बिउ र २ वटा साबुन रहेको उपाध्यक्ष सुनुवारले बताएकी छिन । उनीहरुलाई गाउँघरमै पुगेर उक्त झोला वितरण गरिएको हो ।
पोषण झोलामा वितरण गरिएका सामीग्रहरू घ्यू, कुखुरा लागायतका सामग्रीहरू स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । गाउँपालिकाको पोषण कार्यक्रमले गर्भवती र सुत्केरीहरूलाई चाहिने थप पोषणको मात्रामा टेवा पुग्ने र पोषणको मात्रा मिलाउन सिकाउने पनि सुनुवारले बताईन ।




















