सिन्धुली । कोरोनाको दोस्रो भेरियन्टका कारण जिल्लामा मंगलबार हालसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन । जिल्लामा ९३ जना नयाँ संक्रमित भेटिएका हुन ।
पिसिआर विधिबा गरिएको परिक्षणमा ९१ र एन्टीजेन विधिबाट गरिएको परिक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । मंगलबार २२६ जनाको पिसिआर परिक्षणको रिपोर्ट आएको हो ।
हालसम्म जिल्लामा एन्टीजेन विधिबाट गरेको परिक्षणमा १२ जना र एक हजार एक सय ३१ गरि १ हजार १ सय ४३ जना संक्रमित भएका छन् ।
संक्रमितहरुमध्ये ९ सय १९ जना होम आइसोलेसनमा रहेका छन । २८ जना संस्थागत आईसोलेनमा उपचार गराई रहेका छन भने १ सय ८३ जनाले कोरोना जितेका छन । हालसम्म जिल्लामा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ जना कमलामाई नगरपालिकाका रहेका छन ।




















