सिन्धुली । जिल्लामा कोभिड संक्रमितको संख्या एक हजार नाघेको छ । आइतबार जिल्लामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एकहजार नाघेको हो ।
स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा १ हजार ४ जना कोभिड १९ बाट संक्रमित भएका छन ।
कोभिड १९ संक्रमणबाट हालसम्म १४ जनाले ज्यान गुमाएका छन । आइतबार कमलामाई नगरपालिका वडा नं. ४ की २७ वर्षिय महिलाको निधन भएसँगै मृत्यु हुनेको संख्या १४ पुगेको हो । हालसम्म जिल्लामा १ सय ३४ जना निको भईसकेका छन ।
यस्तै आइतबारसम्ममा ८ सय ३९ जना होम आइसोलेसनमा रहेका छन भने २८ जनाले संस्थागत आइसोलेसनमा उपचार गराईरहेका छन ।





















