सिन्धुली । निशेधाज्ञा उलंघन गर्ने सवारी साधन, नागरिक तथा व्यवसायीलाई कारवाहि गरिएको छ । कोभिड १९ संक्रमण अत्यधिक बढेसँगै स्थानीय प्रशासनले ८ गते रातीदेखि निशेधाज्ञालाई जिल्लाभर थप कडाई गरेसँगै कारवाहिलाई पनि तिव्रता दिन थालेको हो । आइतबार ५ सय ४ सवारी साधन कारवाहिमा परेका छन ।
यस्तै मास्क नलगाउने, विना काम हिडडुल गर्ने ४ सय ९२ जनालाई होल्ड गरि छोडिएको छ भने निशेधाज्ञा उलंघन गरि व्यवसाय तथा होटल सञ्चालन गर्ने १३ जनालाई कारवाहि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाका अनुसार कारवाहिमा परेका सवारी साधनमध्ये ४ सय २८ वटा मोटरसाईकल रहेका छन ।
७६ वटा चारपांग्रे सवारी साधन रहेका छन । ती सवारी साधनमध्ये १७ अटो र ६३ वटा मोटरसाईकललाई कागजात विना हिडेकाले ट्राफिक जरिवाना गरिएको छ भने अन्य सवारी साधनलाई होल्डिङ गरि सम्झाई बुझाई छोडिएको लामाले बताए ।
उनका अनुसार निशेधाज्ञा उलंघन गरेर हिड्ने व्यक्तिलाई होल्ड गरि छोडिएको छ । निशेधाज्ञामा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई भने कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय पठाईएको लामाले बताएका छन ।





















