
१
आहारिसे जोरी
सरकारी कार्यालय
कोदो नै तोरी !
२
तलिम काज
अनुभवको आधार
कुरौटे जात !
३
भन्सार नोकरी
अगाडि गुणगान
काला बजारी !
४
घरको ढोका
घ्यू तेल हर्पेमा
सरुवा पोका !
५
मेचमा नाम
प्रश्न वाचक नयन
फाइलमा खाम !
६
चाकडी खात
जीवनको सहारा
कोशेलीपात !
७
बाँच्ने सहारा
तलको फाइल माथि
पुग्दो आहारा !
८
घडीको ताल
दश पाँच सलामी
फुल्यो कपाल !
९
बेसार वेर्ना
दलाल कर्मचारी
कुर्सीको किर्ना !
१०
नुन तेल मसला
सरकारी जागिरे
कुँडे तसला !
११
तेल वेसार
ओहोदामा नातेदार
हात्तिको लात्ति !
१२
हवस हजुर
दस्तखत सदर
खुशी नजर !
१३
कसको तागत
अख्तियार छानविन
बढ्यो लागत !
१४
हात्तिको छाक
व्यापारीको मालामाल
दर्जाको भाग !




















