सिन्धुली । जिल्लामा कोरोना संक्रमणका कारण एक पुरुषले ज्यान गुमाएका छन । उनको कोभिड १९ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आइसोलेसनमा उपचार गराई रहेका कनपा ६ धुराबजारका ७८ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीेका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
यो सँगै जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणबाट १ बालक सहित ६ जनाको मृत्यु भएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















